Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोशी अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

कोशी अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु


  • 8.3K
    Shares

    कोशी अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु

    मोरङ । कोशी अस्पताल विराटनगरमा उपचाररत दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

    मोरङको सुन्दरहरैँचा नगरपालिका–३ का २२ वर्षीय पुरुषको मंगलबार राति ९:५० बजेतिर मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा.दीपक सिग्देलले जानकारी दिए ।

    मंसिर २९ गते रिपोर्ट पोजिटिभ आएपछि ती युवालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर उपचार थालिएकोमा भोलिपल्ट नै उनको मृत्यु भएको हो ।

    यस्तै मोरङकै पथरीशनिश्चरे नगरपालिका–१ की ७३ वर्षीया वृद्धा महिलाको पनि राति ८:५० बजेतिर मृत्यु भएको छ ।डा. सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो ।

    प्रकाशित मिति :पौष १ २०७७ बुधवार - ११:२९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij