Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ७० मा कोरोना संक्रमण पुष्टि, चार सय ९१ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ७० मा कोरोना संक्रमण पुष्टि, चार सय ९१ को मृत्यु


  • 8.5K
    Shares

    भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ७० मा कोरोना संक्रमण पुष्टि,  चार सय ९१ को मृत्यु

    भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ७० मा कोरोना संक्रमण पुष्टि भएको छ ।

    भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका १७ लाख २२ हजार २ सय २१ परीक्षणमध्ये ३९ हजार ७० मा संक्रमण पुष्टि भएको हो ।

    योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १९ लाख ३४ हजार ४ सय ५५ पुगेको छ ।

    त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएको चार सय ९१ सहित कुल चार लाख २७ हजार ८ सय ६२ ले ज्यान गुमाईसकेका छन् ।

    भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ९ सय १० संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड १० लाख ९९ हजार ७ सय ७१ पुगेको छ ।

    भारतमा हाल सक्रिय संक्रमित चार लाख ६ हजार ८ सय २२ रहेको छ ।

    भारत सरकारले हालसम्म ५० करोड ६८ लाख १० हजारभन्दा बढी नागरिकलाई कोरोनावि?द्धको खोप लगाईसकेको छ ।

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - ११:३८:१४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij