२०८२ मंसिर १५ गते सोमवार
काठमाडौं । नेकपा एमालेभित्र देखिएको विवाद कायमै रहेका बेला एमाले उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवि भण्डारीसित भेटवार्ता गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवास पुगेर रावलले भेटवार्ता गरेका हुन्।
सुरक्षा स्रोतका अनुसार शनिबार साँझ ५ बजेर १० मिनेट देखि ७ बजेर ४० मिनेटसम्म उनीहरूबीच भेटवार्ता भएको हो। एमाले भित्र देखिएको विवाद समाधान गर्न गठन भएको कार्यदलमा रावल माधव नेपाल पक्षबाट संयोजक रहेका व्यक्ति हुन्।
रावलले राष्ट्रपतिसित एमाले भित्रको पछिल्लो विवादमै केन्द्रित रहेर छ्लफल गरेको बुझिएको छ। यसलाई अर्थपूर्ण रूपमा हेरिरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij