Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

सत्ता गठबन्धनका नेता र सरकारबीच छलफल जारी, सरकारको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गरिने

सत्ता गठबन्धनका नेता र सरकारबीच छलफल जारी, सरकारको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गरिने


  • 6.8K
    Shares

    सत्ता गठबन्धनका नेता र सरकारबीच छलफल जारी, सरकारको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गरिने
    images

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेता र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ ।

    कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएको थियो ।

    साझा कार्यक्रममा मन्त्रीहरुको आचारसंहिता, सरकारका प्राथमिकता, संघीयता सुदृढीकरणलगायत विषय समेटिएको छ । सरकारले आजै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

    सोही विषयमा छलफल गर्न अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको छ ।नेपाली कांग्रेसका सभापति  तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन्। 

    पाँचदलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल गठन गरिएको थियो। 

    गठबन्धनको कार्यदलले बिहीबार सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको थियो। साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ। शीर्ष नेतृत्वले पारित गरेको साझा कार्यक्रमका आधारमा सरकार सञ्चालन गरिने गठबन्धनले जनाएको छ।

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - ११:०२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij