Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

युट्युबमा रिलिज भयो सुपरहिट फिल्म ‘जात्रै जात्रा’ (फिल्मसहित)

युट्युबमा रिलिज भयो सुपरहिट फिल्म ‘जात्रै जात्रा’ (फिल्मसहित)


  • 7.9K
    Shares

    • images
    युट्युबमा रिलिज भयो सुपरहिट फिल्म ‘जात्रै जात्रा’ (फिल्मसहित)
    images

    काठमाडौं । फिल्म ‘जात्रै जात्रा’ युट्युबमा रिलिज गरिएको छ । गतवर्षको हलमा रिलिज भएर सुपरहिट बन्न सफल यो फिल्म हाल युट्युबमा रिलिज गरिएको हो ।

    फिल्ममा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारको शीर्ष भूमिका छ । ‘जात्रा’ को सिक्वेल यो फिल्म कमेडी विधामा निर्माण गरिएको छ । मध्यमवर्गीय परिवारका तीन युवाले सुन भेट्टाउँदा त्यसलाई लुकाउन गरेको प्रयास फिल्ममा देखाइएको छ ।

    प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्ममा शिवराम श्रेष्ठको छायांकन रहेको छ भने मित्र गुरुङको सम्पादन रहेको छ । फिल्मलाई सिँगे लामा र यज्ञश्वर पौडेलले छायांकन गरेका हुन् भने रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेका छन् ।

     

    प्रकाशित मिति :मंसिर ३० २०७७ मंगलवार - १६:४९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij