Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पछिल्लो २४ घण्टामा थपिए ९३६ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ९३६ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु


  • 7.0K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए ९३६ जना कोरोना संक्रमित, १४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९३६ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४५७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ८८१ जना सक्रिय संक्रमित छन् । 

    आज १ हजार ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।

    मंगलबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ । 

    प्रकाशित मिति :मंसिर ३० २०७७ मंगलवार - १६:२४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij