Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


  • 8.7K
    Shares

    रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

    दाङको देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

    पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका–८ बिजौरीमा भालुवाङबाट लमहीतर्फ आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखिएको लु १ ख ७००६ नम्वरको ट्रकको पछाडि ठोक्किँदा राप्ती गाउँपालिका –७ निवासी २७ वर्षीय अनिल चौधरीको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

    घाइते चौधरीको स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि लमही ल्याइँदै गर्दा बाटामै मृत्यु भएको हो ।  ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख भुवन भट्टले जानकारी दिए ।  

    प्रकाशित मिति :मंसिर ३० २०७७ मंगलवार - १६:०७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij