Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

भारतमा कोरोना भाइरसबाट थप ४२ हजार ६२५ जना सङ्क्रमित, ५६२ जनाको मृत्यु

भारतमा कोरोना भाइरसबाट थप ४२ हजार ६२५ जना सङ्क्रमित, ५६२ जनाको मृत्यु


  • 5.5K
    Shares

    भारतमा कोरोना भाइरसबाट थप ४२ हजार ६२५ जना सङ्क्रमित,  ५६२ जनाको मृत्यु

    भारतमा कोरोना भाइरसबाट थप ४२ हजार ६२५ जना सङ्क्रमित भएका छन् ।

     कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख ६९ हजार १३२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । भारतमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख, १० हजार ३५३ रहेका छन् । यो संख्या कूल सङ्क्रमितको १.२९ प्रतिशत हो ।

     गत २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण भारतमा ५६२ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण भएको कूल मृतकको सङ्ख्या चार लाख २५ हजार ७५७ पुगेको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ६६८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

     भारतमा कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड नौ लाख २२ हजार ३५४ रहेको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार कूल सङ्क्रमितमध्ये ९७.३७ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेका छन् ।

     हालसम्म यहाँ ४७ करोड ३१ लाख ४२ हजार ३०७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हिजो एकै दिनमा १८ लाख ४७ हजार ५१८ जनाको कोरोना परीक्षण भएको थियो । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान श्ुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४८ करोड ५२ लाख ८६ हजार ५७० डोज कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १५:०१:०९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij