Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

थाहा पाउनुहोस् किन गरिन्छ साष्टांग प्रणाम ? के हो यसको महत्व ?

थाहा पाउनुहोस् किन गरिन्छ साष्टांग प्रणाम ? के हो यसको महत्व ?


  • 11.2K
    Shares

    थाहा पाउनुहोस् किन गरिन्छ साष्टांग प्रणाम ? के हो यसको महत्व ?
    images

    हिन्दुहरूमा प्रणामको आफ्नै महत्व छ । मान्यताका अनुसार आफूभन्दा ठूलोको पाउमा ढोगर प्रणाम गर्नु यहाँको संस्कृति हो । यसरी ढोग्दा मानिसले जमिनमा पूरै सुतेर टाउकोले मान्यजनको पाउ छुन्छन् जसलाई साष्टांग प्रणाम भनिन्छ ।

    आठवटा अंगसिहत गरिने प्रणाम भएकाले साष्टांग भनिएको हो । तर यो पुरुषका लागि मात्र विधान गरिएको छ । महिलाका लागि यो वर्जित छ ।

    यो आसनमा शरीरका प्रमुख भागहरूले जमिन छुने हुनाले यसका अनेकौं फाइदा छन् । धर्तीसँग निकटता हुनु भनेको स्वस्थताको लक्षण हो । महिलालाई चाहिँ यो यसरी प्रणाम गर्न नदिइनुको कारण भनेको गर्भ र वक्षस्थलले जमिनलाई स्पर्श गर्न हुँदैन ।

    एउटा जीवनलाई नै गर्भले पालेर राख्ने अनि वक्षले त्यो जीवनलाई पालन गर्ने हुनाले यी अंगहरूलाई जमिनमा दबाउन नहुने मान्यता हो ।

    आधुनिक मानिसलाई त यो आसन पुरानो रूढि मात्र लाग्न सक्छ तर यसले व्यक्तिले अहंकारत्यागलाई प्रतीक बनाउँछ । अहंकारलाई त्यागेर ईश्वरप्राप्तिको मार्गमा लागेको यसले देखाउँछ । एजेन्सी

    प्रकाशित मिति :श्रावण २० २०७८ बुधवार - १३:१५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij