Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पेन्सनपट्टा बनाइसकेका शिक्षकलाई अब काठमाडौँ धाउनुनपर्ने, सबै काम सम्बन्धित जिल्लाबाटै हुने

पेन्सनपट्टा बनाइसकेका शिक्षकलाई अब काठमाडौँ धाउनुनपर्ने, सबै काम सम्बन्धित जिल्लाबाटै हुने


  • 5.8K
    Shares

    पेन्सनपट्टा बनाइसकेका शिक्षकलाई अब  काठमाडौँ धाउनुनपर्ने, सबै काम सम्बन्धित जिल्लाबाटै हुने

    काठमाडौँ । पेन्सनपट्टा बनाइसकेका शिक्षकले अब काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय किताबखानाले पेन्सनपट्टा बनाइसकेका शिक्षकको अन्य सबै काम सम्बन्धित जिल्लाबाट हुने व्यवस्था मिलाएपछि काठमाडौँ आउने पर्ने बाध्यता हटेको हो ।

    पहिला निवृत्तीभरणसम्बन्धी जुनसुकै काम गर्नुपरे काठमाडौँ आउनुपर्ने बाध्यता रहेकोमा यही साउन १ गतेबाट लागू हुने गरी उक्त बाध्यतालाई हटाइएको किताबखानका उपमहानिर्देश रामराज खकुरेलले बताए ।

    खकुरेलका अनुसार अब पाना सिद्धिएर नयाँ अधिकारपत्र बनाउन, हराएमा प्रतिलिपि लिन, पारिवारिक निवृत्तीभरण अधिकारपत्र तयार गर्न, नाम, थर संशोधन गर्न, निवृत्तीभरण रकम संशोधन गर्न, औषधि उपचार सहयोग स्वरुप रकम वृद्धि गर्ने लगाउत सबै काम अब सम्बन्धित जिल्लाबाटै नै हुने भएका छन् ।

    यस्ता काम गर्न काठमाडौँ आउदाँ शिक्षकहलाई विभिन्न समस्या झेल्नुपरेको र शिक्षक किताब खानामा पनि धेरै भिडभाड हुने भएकाले यस्ता समस्यालाई हटाउने प्रयास गरिको उपमहानिर्देशक खकुरेलले बताए ।

    शिक्षकले ती सेवा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्राप्त गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको उनको भनाइ छ । यसका लागि कार्यविधि निर्माण गरेर पट्टा छपाएर देशभरिका जिल्लास्थित सम्बन्धित कार्यालयलाई पठाइसकेको उनले बताए । यस्तो व्यवस्थाले शिक्षकलाई ठूलो राहत मिल्ने उनको भनाइ छ ।

    प्रकाशित मिति :श्रावण १९ २०७८ मंगलवार - १२:१५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij