Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

बीएस ६ प्रविधियुक्त ‘सुजुकी एक्सेस १२५’ स्कुटर नेपाली बजारमा, यस्ता छन् विशेषताहरु, कति पर्छ मूल्य ?

बीएस ६ प्रविधियुक्त ‘सुजुकी एक्सेस १२५’ स्कुटर नेपाली बजारमा, यस्ता छन् विशेषताहरु, कति पर्छ मूल्य ?


  • 6.1K
    Shares

    बीएस ६ प्रविधियुक्त ‘सुजुकी एक्सेस १२५’ स्कुटर नेपाली बजारमा, यस्ता छन् विशेषताहरु,  कति पर्छ मूल्य ?
    images

    सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

    निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित स्कुटर हो । यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्दछ ।

    सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि धेरै मध्यम वर्गका बीच र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्छ । एक्सेस स्कुटरमा आगाडि ग्यास सिलिन्डर अटाउने,  फराकिलो सिट तथा आरामदायी यात्रा हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभर समेत रहेको छ ।

    यसले गर्दा यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको छ भने यसको मर्मत खर्च पनि अरु भन्दाकमआउने यसका उपभोक्ताहरुको बुझाई छ।

    हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिनप्रयोग गरिएको छ ।

    नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने आँकलन गर्न सकिन्छ ।

    २ भल्व युक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८।७पीएस पावर र ५५०० आरपीएममा १० एनएमटर्क जेनेरेट गर्छ ।

    एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुबिधाले यसको सजावटमा समेत आकर्षण थपेको छ ।

    यसमा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरिएको छ  भने किक स्टार्ट दुबै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ ।

    यस्तै मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ। दुबै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको जम्मा तौल १०३ किलोग्राम रहेको छ ।

    १६० एमएमको ग्राउण्ड  क्लिअरेन्स भएको हुँदा, यो सेग्मेन्ट मै उत्कृष्ट प्रोडोक्ट गनिन्छ । पूर्ण डिजिटल मिटरको साथमा क्लासिक स्टाईल,  ईन्जिन डायग्नोसिस्, ब्याट्री डायग्नोसिस सहित ट्रिप मिटर तीन कलरमा उपलब्ध छन् ।

    सेतो, निलो, खैरो  र कालो गरी चार रङमाउपलब्ध सुजुकी एक्सेस स्कुटरमा बढि रुकचाइएको रङ भने निलो मानिएको छ । यस स्कुटीको शुरूवाती मूल्य २ लाख ६० हजार रहेको कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण १८ २०७८ सोमवार - ११:५१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij