Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

प्रेस पास र अनलाइन दर्ता अब अनलाइनबाट मात्रै, यस्तो छ दर्ता गर्ने तरिका 

प्रेस पास र अनलाइन दर्ता अब अनलाइनबाट मात्रै, यस्तो छ दर्ता गर्ने तरिका 


  • 4.3K
    Shares

    प्रेस पास र अनलाइन दर्ता अब अनलाइनबाट मात्रै, यस्तो छ दर्ता गर्ने तरिका 
    images

    प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट मात्रै पाइने भएको छ । सूचना तथा प्रसारण विभागले आईतबार एक सूचना जारी गर्दै प्रेस पास र अनलाइन दर्ता सेवा पूर्ण रूपमा अनलाइनबाट मात्र प्रवाह हुने जानकारी दिएको हो । 

    साउन २० गते बुधवारदेखि प्रेस प्रतिनिधि प्रमाणपत्र जारीरनवीकरण, अनलाइन मिडिया दर्तारनवीकरणसँग सम्बन्धित सेवा अनलाइनबाट मात्रै पाइने जानकारी दिएको हो । 

    यसअघि विभागले भौतिक उपस्थितिमा  समेत सेवा दिदै आएको थियो । विभागले गत साउन १० गतेदेखि अनलाइन सेवाको शुरूवात गरेको थियो ।  

    विभागको वेबसाइटमा गएर अनलाइन सेवामा क्लिक गरी यो सेवा लिन सकिने छ । अनलाइन सेवामा क्लिक गरी आफुलाई आवश्यक विकल्प छनोट गरी सम्पूर्ण विवरण भर्नुपर्नेछ ।

    त्यसपछि त्यहाँ मागिएको कागजातको २०० केबीभन्दा कम साइजको पीडीएफ फाइल अपलोड गर्नुपर्नेछ । सबै विवरण भरेपछि सबमिट गर्नुपर्छ । 

    सबमिट भएपछि उक्त निवेदन विभागले स्वीकृत गर्नुपर्नेछ । विभागबाट स्वीकृत भएपछि कनेक्ट आईपीएसबाट राजस्व तिरिसकेपछि मात्र आफ्नो प्रमाणपत्र विभाग वा आफुलाई पायक पर्ने जिल्ला हुलाक कार्यालयबाट लिन सकिने छ ।

    प्रकाशित मिति :श्रावण १८ २०७८ सोमवार - ११:४५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij