Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

‘नयाँ जीवन’मा प्रकाश सपुतको पीडा सार्वजनिक

‘नयाँ जीवन’मा प्रकाश सपुतको पीडा सार्वजनिक


  • 5.7K
    Shares

    • images
    ‘नयाँ जीवन’मा प्रकाश सपुतको पीडा सार्वजनिक
    images

    काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका बेनिशा पौडेलको स्वरमा रहेको गीत ‘नयाँ जीवन’ सार्वजनिक भएको छ । स्वाँर फिल्मसको व्यानरमा निर्माण भएको गीतमा दीपक शर्माको संगीत, निशा अर्यालको शब्द र पुरुषोत्तम सुवेदीको एरेञ्ज छ ।

    विक्रम स्वाँर निर्देशित भिडियोमा प्रकाश सपुत र मोनिका बुढाथोकी फिचर्ड छन् । भिडियोमा दुर्घटनाका कारण एउटा खुट्टा गुमाएका प्रकाशको संघर्षलाई देखाइएको छ ।

    मोनिकाले प्रकाशको श्रीमतिको भूमिका निर्वाह गरेकी छन् । कलाकार कालु राणालाई नकारात्मक भूमिकामा देखाइएको छ ।

    चक्र पुलामी र नेशनल तिखत्रीको कोरियोग्राफी रहेको भिडियोमा तारा थापा ’किम्भे’को सम्पादन, नवराज उप्रेतीको छायांकन र रेनिस फागोको कलर करेक्सन छ ।

    प्रकाशित मिति :श्रावण १६ २०७८ शनिवार - १२:३९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij