Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संवैधानिक परिषद् बैठकमा सभामुख नजाने

संवैधानिक परिषद् बैठकमा सभामुख नजाने


  • 7.3K
    Shares

    संवैधानिक परिषद् बैठकमा सभामुख नजाने

    काठमाडौं । आज बस्ने संवैधानिक परिषद् बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा नजाने भएका छन् । सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले सभामुख सापकोटा बैठकमा नजाने जानकारी दिएका हुन्।

    ‘बैठकअघि हुनुपर्ने समन्वय नभएको भन्दै सभामुख सापकोटा जानुहुन्न। न्यौपानेले भने,  पूर्वतयारी र गृहकार्य पनि भएन। त्यसैले उहाँ बैठकमा नजाने हुनुभएको हो।’ 

    परिषद्को अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ती कार्य नगरेको भन्दै सभामुख बैठकमा नजाने भएका हुन्। यसअघि सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नजाँदा बैठक कोरम नपुग्दा बस्‍न सकेको थिएन। 

    बैठकमा रिक्त रहेका विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्तीका विषयमा छलफल हुनेछ।  लामो समयदेखि संवैधानिक परिषदको बैठक बस्न नसक्दा संविधानले पहिलोपटक संवैधानिक हैसियत दिएका आयोगहरूसमेत संविधान जारी भएको पाँच वर्षसम्म पनि गठन हुन सकेका छैनन् । हाल १३ वटा संवैधानिक आयोग छन् । तर तिनमा अहिले प्रमुखसहित ४५ पद रिक्त रहेको छ।

    प्रकाशित मिति :मंसिर ३० २०७७ मंगलवार - ११:१६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij