Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

नेपाल टेलिकममा धर्ना, कार्यालय भित्रबाट शुरु भएको आन्दोलन अहिले ढोकामा

नेपाल टेलिकममा धर्ना, कार्यालय भित्रबाट शुरु भएको आन्दोलन अहिले ढोकामा


  • 7.6K
    Shares

    नेपाल टेलिकममा धर्ना, कार्यालय भित्रबाट शुरु भएको आन्दोलन अहिले ढोकामा
    images

    नेपाल टेलिकममा साउन ७ गतेदेखि शुरु भएको आन्दोलन धर्नामा परिणत भएको छ । टेलिकमले साउन १ गतेबाट नयाँ नियमावली लागू गरेपछि बिरोध शुरु भएको हो ।

    २०६१ को विनियमावली परिवर्तन गरेर नयाँ नियमावली २०७८ लागू गरेपछि कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् । टेलिकमको केन्द्रीय कार्यालय, भद्रकाली प्लाजामा आज बिरोधसहित धर्ना थालिएको हो ।

    नयाँ विनियमावलीले खाइपाइ आएको सेवासुविधा कटौती भएको भन्दै कर्मचारीले केही दिनदेखि कार्यालय हाताभित्रै बिरोध कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।

    व्यवस्थापनले आफ्ना माग नसुनेको भन्दै उनीहरूले कार्यालय प्रवेशद्वारमा धर्नालगायतका बिरोध कार्यक्रम सञ्चालन गरेको बताएका छन् । साउन ७ गतेबाट बिरोध कार्यक्रम सञ्चालन गर्दै आएका टेलिकमका एनटिईएन,कर्मचारी युनियन तथा वर्कर्स युनियनले संयुक्त धर्ना दिएका हुन् ।

    आजको धर्ना कार्यक्रममा एनटिईएनका अध्यक्ष यादव पनेरु, वर्कर्स युनियनका अध्यक्ष राजेन्द्र जोशी,कर्मचारी युनियनका अध्यक्ष वीरेन्द्रलाल जोशीको संयुक्त नेतृत्वमा रहेको पाइयो ।

     

    प्रकाशित मिति :श्रावण १२ २०७८ मंगलवार - १४:४६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij