Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेपालभर थप ८२१ जनामा कोरोना संक्रमण पुुष्टि, १८ जना संक्रमितको मृत्यु

नेपालभर थप ८२१ जनामा कोरोना संक्रमण पुुष्टि, १८ जना संक्रमितको मृत्यु


  • 8.9K
    Shares

    नेपालभर थप ८२१ जनामा कोरोना संक्रमण पुुष्टि, १८ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८२१ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    नेपालमा हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४७१ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९५५ जना सक्रिय संक्रमित छन् । 

    आज ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ ।

    सोमबार थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ । 

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - १६:१७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij