Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालभर थप ८२१ जनामा कोरोना संक्रमण पुुष्टि, १८ जना संक्रमितको मृत्यु

नेपालभर थप ८२१ जनामा कोरोना संक्रमण पुुष्टि, १८ जना संक्रमितको मृत्यु


  • 8.3K
    Shares

    नेपालभर थप ८२१ जनामा कोरोना संक्रमण पुुष्टि, १८ जना संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८२१ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    नेपालमा हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४७१ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९५५ जना सक्रिय संक्रमित छन् । 

    आज ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ ।

    सोमबार थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ । 

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - १६:१७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij