Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

आईसीयू र भेन्टिलेटरमा उपचार गर्ने संक्रमितको संख्या बढ्यो : कुन प्रदेशमा कति ?

आईसीयू र भेन्टिलेटरमा उपचार गर्ने संक्रमितको संख्या बढ्यो : कुन प्रदेशमा कति ?


  • 6.3K
    Shares

    आईसीयू र भेन्टिलेटरमा उपचार गर्ने संक्रमितको संख्या बढ्यो : कुन प्रदेशमा कति ?
    images

    काठमाडौं । नेपालमा हाल १६६ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । सातवटा प्रदेशमा १६६ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको हो । मन्त्रालयका अनुसार अहिले ६६९ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । 

    मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा ४४, प्रदेश २ मा शून्य, वाग्मती प्रदेशमा सबैभन्दा धेरै ९३ कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । गण्डकीमा १७, लुम्बिनीमा ८, कर्णालीमा १ र सुदूरपश्चिममा ३ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ । 

    आईसीयूमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४१८ कोरोना संक्रमितले उपचार गराइरहेका छन् । प्रदेश १ मा १०९, प्रदेश २ मा ५, गण्डकी प्रदेशमा ७५, लुम्बिनीमा ४२, कर्णालीमा १३ र सुदूरपश्चिम प्रदेशमा ७ संक्रमितले आईसीयूमा उपचार गराइरहेका छन् । 
    दुई सातायता भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमितको संख्या बढेको मन्त्रालयको तथ्यांकले देखाएको छ । दोस्रो लहरमा पिकमा पुगेर घटेको संक्रमितको संख्यामा केही समय यता पुनः बढ्न थालेको छ । 

    हाल संस्थागत आसोलेसनमा २ हजार ८१५ संक्रमित छन् । होम आइसोलेसनमा २५ हजार ९३ संक्रमित रहेका छन् । हाल सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ रहेको छ । 

    नेपालमा हालसम्म कोरोनाका कारण ९ हजार ७३८ कोरोना संक्रमितको मृत्यु भइसकेको तथ्यांक छ । ६ लाख ८२ हजार ९४७ जनामा कोरोना संक्रमण भइसकेको छ । मन्त्रालयका अनुसार ६ लाख ४५ हजार ३०१ जना निको भइसकेका छन् । 

    यसैबीच, सरकारले तेस्रो लहरको सम्भावना रहेको भन्दै प्रत्येक प्रदेशमा कम्तीमा एक हजार अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने भन्दै प्रत्येक प्रदेशलाई कम्तीमा हजार अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिएको हो । 

    “जनस्वास्थ्यका मापदण्डको पालना र निषेधाज्ञाका वावजुद कोभिड–१९ को संक्रमण दरमा कमी आएको देखिँदैन । विगतका दिनमा जस्तै संक्रमणको दर तिव्र रुपमा वढ्न गई कोभिड–१९ को पुनः अर्को लहर नआउला भन्न सकिँदैन । अतः भविस्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न कम्तिमा एक हजारवटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन निर्देशानुसार जानकारी गराइन्छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “मौजुदा सिलिन्डरहरु पनि खाली नाराख्नु हुन र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्जिन कन्सन्ट्रेटरहरु चालु र चुस्त अवस्थामा राख्नुहुन जानकारी गराइन्छ ।” 

    सरकारले पटक–पटक कोरोना संक्रमणको तेस्रो लहर आउन सक्नेभन्दै सचेत र तयारी अवस्थामा रहन सरोकारवाला निकायलाई आग्रह गर्दै आएको छ ।

    प्रकाशित मिति :श्रावण १२ २०७८ मंगलवार - ११:२५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij