२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । इजरायलमा केयरगिभरका लागि आवेदन खुलेको छ। अनमी तथा सिएमए पढेकाले पहिलो प्राथमिकता पाउने उक्त अवसरमा मासिक कमाई झण्डै २ लाख हुने छ। वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै २१ दिनभित्र आवेदन दिन भनेको छ।
विभागको सूचना अनुसार विभागको वेभसाइट http://ferms.dofe.gov.np मा अनलाइन आवेदन दिन सकिने छ।इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाने बताएको छ। जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष हुनेछन्।
मासिक तलब लगभग एक हजार छ सय अमेरिकी डलर (एक लाख ८८ हजार भन्दा बढी नेपाली रुपैयाँ) हुने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
केयरगिभरमा जान के–के योग्यता चाहिन्छ ?
- नेपाली नागरिक २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको।
- उचाई कम्तिमा एक दशमलव पाँच मिटर (चार दशमलव नौ फिट)।
- तौल ४५ केजी।
- शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धि विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको।
- अंग्रेजी भाषमा दक्ष।
- शारीरिक तथा मानसिक रुपमा स्वस्थ र असल चरित्र भएको।
हेरौं सूचना
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij