Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कोरियाली वरिष्ठ चलचित्र निर्देशक किम कि दुकको निधन

कोरियाली वरिष्ठ चलचित्र निर्देशक किम कि दुकको निधन


  • 7.5K
    Shares

    • images
    कोरियाली वरिष्ठ चलचित्र निर्देशक किम कि दुकको निधन
    images

    दक्षिण कोरियाका वरिष्ठ चलचित्र निर्देशक किम कि दुकको कोभिड-१९ का कारण शुक्रबार निधन भएको छ । उनन्साठी वर्षीय दुक गत नोभेम्बरदेखि लातभियामा बसिरहनुभएको थियो । दुकले एक महिनायता लातभियाको समुद्री किनारमा घर किन्ने योजना बनाइ रहनुभएको थियो ।

    उनको लातभियास्थित उपचाररत अस्पतालमा निधन भएको बुसान इन्टरनेशनल फिल्म फेष्टिभल (बिआइएफएफ) का कार्यकारी निर्देशक जेन याङ–जुनले यहाँका स्थानीय समाचार माध्यमलाई जानकारी दिनुभयो ।

    एशियाका उत्कृष्ट चलचित्र निर्देशक दुकले ६९ औंँ भेनिस फिल्म फेस्टिभलमा गोल्डेन लायन अवार्ड जित्नुभएको थियो । उहाँले एकसठ्ठीऔंँ संस्करणमा ‘थ्री आइरन’का लागि सिल्भर लाइन जित्नुभएको थियो । बर्लिनमा ‘समारिया’का लागि उत्कृष्ट अवार्ड जित्नुभएका उहाँले ‘अरिराङ’का लागि सन् २०११ मा कान्स जित्नुभएको थियो ।

    ‘स्प्रिङ समर फल, विन्टर एन्ड स्प्रिङ’ ‘पियटा’ जस्ता चलचित्रका निर्देशक दुकको अन्तिम चलचित्र ‘डिजल्भ’ हो । 

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - १४:५५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij