Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

एउटा परीक्षा हलमा २५ जना भन्दा बढी विद्यार्थी राख्न नपाइने

एउटा परीक्षा हलमा २५ जना भन्दा बढी विद्यार्थी राख्न नपाइने


  • 28.7K
    Shares

    • images
    एउटा परीक्षा हलमा २५ जना भन्दा बढी विद्यार्थी राख्न नपाइने

    काठमाडौं । एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी विद्यार्थी राख्न नपाइने भएको छ । 

    काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा सूचनामा परीक्षा सञ्चालन हुने हल वा कोठाको आकार अनुसार एउटामा २५ जना भन्दा बढी भेला नहुने गरी सञ्चालन गर्न भनिएको छ । 

    त्यस्तै परीक्षार्थीहरू हलमा प्रवेश गर्नुपूर्व र परीक्षा समाप्त भएपछि भौतिक दूरी कायम गर्नुपर्ने, एउटा सिफ्टको परीक्षा सकिएर पूर्णरूपमा परीक्षार्थी बाहिरिएपछि अर्को सिफ्ट सञ्चालन गर्नुपर्ने, परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् ।

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १७:०६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij