Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

जसपा विवाद : उपेन्द्र पक्षले किन बोलायो आकस्मिक बैठक? सर्वोच्चको आशमा महन्थ ठाकुर

जसपा विवाद : उपेन्द्र पक्षले किन बोलायो आकस्मिक बैठक? सर्वोच्चको आशमा महन्थ ठाकुर


  • 4.8K
    Shares

    जसपा विवाद : उपेन्द्र पक्षले किन बोलायो आकस्मिक बैठक? सर्वोच्चको आशमा महन्थ ठाकुर
    images

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे बालकुमारीमा बस्ने एक नेताले जानकारी दिएका छन् ।

    आजको बैठकमा पार्शीटीका शीर्ष नेताहरुले समसामयिक राजनीति, पार्टीले लिने नीति बिचारका बारेमा छलफल हुनेछ । जसपामा अहिले आधिकारीताको विवाद चलिरहेको बेलामा उपेन्द्र पक्षले आकस्मिक बैठक बोलाएको हो । 

    निर्वाचन आयोगको आदेशविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । रिट निवेदनमा हेड काउन्टको प्रक्रिया रोक्नका लागि आदेश जारी गर्न माग गरिएको छ ।

    पार्टी दर्ता बखतको कार्यकारिणी सदस्यहरूको निर्वाचन आयोगले गर्ने भनेको सनाखत रोक्न माग गर्दै महन्थ पक्ष सर्वोच्च पुगेको हो ।

    आधिकारिकता विवाद टुंगो लगाउन इजलास गठन गरेर आयोगले बिहीबारमात्र पार्टी दर्ता बखतको कार्यकारिणी सदस्यहरूलाई साउन ११ गते ११ बजे आयोगमा बोलाउने निर्णय गरेको थियो ।

    जसपाको हालको समीकरणमा कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्ष बहुमतमा छ । अहिलेकै समीकरण अनुसार ‘हेड काउन्ट’ भए आफूहरूले आधिकारिकता पाउने उपेन्द्र पक्षको दाबी छ ।

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - ११:२८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij