Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

गठबन्धनमा सबैको आ-आफ्नो स्वार्थ रहेको भन्दै रावलले प्रचण्डलाई दिए यस्तो जवाफ

गठबन्धनमा सबैको आ-आफ्नो स्वार्थ रहेको भन्दै रावलले प्रचण्डलाई दिए यस्तो जवाफ


  • 4.0K
    Shares

    गठबन्धनमा सबैको आ-आफ्नो स्वार्थ रहेको भन्दै रावलले प्रचण्डलाई दिए यस्तो जवाफ
    images

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको बताएका छन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार एक कार्यक्रममा आफ्नो राजीनामालाई ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भएको र भीम रावल नपत्याउदो ढंगले ढलेको बताएका थिए ।

    अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउदै नेता रावलले शनिबारै राति सामाजिक सञ्जालमार्फत  प्रचण्डको उक्त भनाइलाई ‘हाँस्यास्पद र मनगढन्त’ भनेका छन् ।

    उनले सामाजिक संजालमा लेखेका छन्, ‘प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा (एमाले)लाई ढाल्ने षड्यन्त्रकाविरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ । एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?’

    उनले भनेका छन्, प्रचण्डलाई आफूहरुले जस्तै ‘त्याग गर्न तयार हुनुहुन्थ्यो रु’ भन्दै प्रश्न गरेका छन् । ‘हामीले सांसद पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधिसभाको पुनः स्थापना र देउवाजीलाई प्रम बनाउन योगदान पुर्‍यायौं । हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रो जस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो ?’

    आफूले स्वस्थ राजनीति र पार्टी एकताको पक्षपोषण गर्दा त्यसलाई नेताहरुबीच फाटो ल्याउने काम ठान्नु विग्रहकारी चिन्तन भएको उनको भनाइ छ । पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलन कसैको भलो नहुने उनले स्पष्ट पारेका छन् । उनले राजीनामा फिर्ता लिइसकेका छन् ।

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - ११:१४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij