२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । प्रमोद खरेलको गीत ‘म छु विदेशमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा गौरव पहारी र सृष्टि खड्काको रोमान्स रहेको छ । सरोज पोखरेलको संगीत र अम्बिका गुरुङको शब्द रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।
निसान कश्यपको निर्देशन र सम्पादन रहेको म्युजिक भिडीयोले परदेशीको जोडीको प्रेमकथा देखाएको छ । म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij