२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । १८ वर्षभन्दा माथिकालाई खोप लगाउन सुरु गरिएको पहिलो दिनमै जोन्सन एन्ड जोन्सन खोप सकिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार खोप सकिएपछि बिहीबारदेखि जोन्सनको खोप अभियान पनि रोकिएको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले पहिलो दिनमा ६० हजारले जोन्सन खोप लगाएको जानकारी दिए । भेरोसेल खोप लगाउने कार्य चाहिँ निरन्तर रहने पराजुलीले जनाए ।
प्रशासनले बुधबारदेखि १८ वर्षभन्दा माथिकालाई जोन्सन खोप दिने निर्णय गरेपछि खोप केन्द्रमा भीड बढेको थियो । तर, ललितपुर र भक्तपुरमा भने खोप लगाउने कार्य चाहिँ जारी छ ।
जोन्सन खोप सकिएपनि चीनबाट भेरोसेल आउने भएपछि भेरोसेल अभियानलाई भने निरन्तरता दिइने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij