Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बुधबार पनि शेयर बजार २८.८९ अंकले बढ्‍यो

बुधबार पनि शेयर बजार २८.८९ अंकले बढ्‍यो


  • 9.3K
    Shares

    बुधबार पनि शेयर बजार २८.८९ अंकले बढ्‍यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज बुधबार १७०० विन्दु नाघेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से आज २८ दशमलव ८९ अंकले बढेर १ हजार ७ सय ७ दशमलव ६७ विन्दुमा पुगेको छ ।

    नेप्सेका अनुसार आज ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७४२ को कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये फाइनान्सबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । बुधबार ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

    साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, लक्ष्मी इक्विटी फण्ड, नागरिक लगानी कोष, विशाल बजार कम्पनी लिमिटेड, एनआईसी एशिया ग्रोथ फण्ड र सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - ११:१७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij