२०८२ भाद्र १ गते आइतवार
काठमाडौंको कलंकीमा आज (बिहीबार) बिहान रोकिराखेको ट्रकमा मिनीट्रक ठोक्किँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।
कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तका डीएसपी अपिलराज बोहराले दिएको जानकारीअनुसार मकालु पेट्रोल पम्पछेउ रोकिराखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई सीतापाइलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको मिनी ट्रकले बिहीबार बिहान ३:२५ बजेतिर ठक्कर दिएको हो।
दुर्घटनामा मिनीट्रकका चालक नुवाकोटको सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामाङ, साेही ट्रकमा सवार नुवाकोटकै तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र तारकेश्वरकै २७ वर्षीय भूपेन्द्र तामाङको मृत्यु भएको हो।
यस्तै सोही ट्रकमा सवार तारकेश्वरका २२ वर्षी विजय तामाङ गम्भीर घाइते अवस्थामा छन्। उनी बोल्ने अवस्थामा रहेकाे प्रहरीले जनाएकाे छ। उनको अहिले कलंकीस्थित सहिद मेमोरियल अस्पतलमा उपचार भइरहेको डीएसपी बोहराले जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij