Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कपडा गोदाममा आगलागी : एक करोड बराबरको क्षति

कपडा गोदाममा आगलागी : एक करोड बराबरको क्षति


  • 6.0K
    Shares

    • images
    कपडा गोदाममा आगलागी : एक करोड बराबरको क्षति
    images

    मङ्गलवा । सर्लाहीको हरिवन नगरपालिकामा गएराती कपडा गोदाममा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।

    वडा नं ११ स्थित बजारमा रहेको कैलाश साह, सञ्जय साहको कपडा गोदाम, कमल कार्कीको घरमा र महेश साहले सञ्चालन गर्नुभएको कपडा पसलमा आगलागी हुँदा एक करोड भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

    गएराती १२ः४० बजेको समयमा कपडा गोदाम र पसलमा आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियवासी र बारुण यन्त्रणको सहयोगमा राती २ः२० बजेको समयमा आगो नियन्त्रणमा आएको थियो ।

    घरमा आंशिक रुपमा र कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलगी कसरी भयो भन्ने यकिन हुन सकेको छैन । रासस

     

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - ११:३३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij