Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कार्यभार सम्हालेकै दिन अर्थमन्त्री शर्माले गरे यी ३ महत्वपूर्ण निर्णय, कर्मचारीलाई अब जोखिम भत्ता

कार्यभार सम्हालेकै दिन अर्थमन्त्री शर्माले गरे यी ३ महत्वपूर्ण निर्णय, कर्मचारीलाई अब जोखिम भत्ता


  • 58.5K
    Shares

    कार्यभार सम्हालेकै दिन अर्थमन्त्री शर्माले गरे यी ३ महत्वपूर्ण निर्णय, कर्मचारीलाई अब जोखिम भत्ता
    images

    नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेको पहिलो दिन तीन निर्णय गरेका छन् ।

     बुधबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कोरोना विरुद्धको खोप किन्नका लागि ५ अर्ब उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि अर्थमन्त्रालयले थप ५ अर्ब निकासा गरेको हो ।

     यस्तै, अर्थमन्त्री शर्माले कोरोना महामारीका बीच जनताको जीवन रक्षाका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्य क्षेत्रमा कर्मचारीका लागि विशेष जोखिम भत्ता स्वीकृत गरेका छन् ।

     यस्तै, उनले आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद गर्न मन्त्रालयले यसअघि दिएको सहमति अनुसारको काम गरेपछि रकम निकासा गर्ने निर्णय गरेका छन् । यसका लागि संघीय तथा निजी अस्पतालका लागि ९६ करोड १२ लाख ११ हजार रुपैयाँ उपलब्ध हुनेछ ।

    प्रकाशित मिति :आषाढ ३० २०७८ बुधवार - १३:५८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij