Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षा सेवा शुल्क विद्यार्थीको हितमा प्रयोग गर्न आग्रह

शिक्षा सेवा शुल्क विद्यार्थीको हितमा प्रयोग गर्न आग्रह


  • 4.8K
    Shares

    शिक्षा सेवा शुल्क विद्यार्थीको हितमा प्रयोग गर्न आग्रह

    नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्कवापतको रकमलाई विद्यार्थीको हितमा व्यवस्थापन गर्न आग्रह गरेको छ । वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीले अनिवार्यरूपमा नेपाल सरकारलाई दुई प्रतिशतका दरले शिक्षा सेवा शुल्कवापत रकम बुझाउँदै आएका छन् ।

    नेपाल सरकारले आव २०७८-७९ को बजेटमा विदेशी शैक्षिक संस्थामा शिक्षण शुल्क बुझाइसकेका तर विविध कारणबाट यात्रा नगरेका विद्यार्थीको हकमा उनीहरुले शिक्षा सेवा शुल्कवापत बुझाएको रकम फिर्ता पाउने घोषणा गरेको छ । आगामी साउन १ गतेदेखि यो व्यवस्था कार्यान्वयनमा आउन लागेकामा आफूहरु खुशी भएको इक्यानका महासचिव दीपकराज भुसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  रासस

    प्रकाशित मिति :आषाढ ३० २०७८ बुधवार - ११:५२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij