Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

गर्भवती हुने सुरसार नै छैन भन्दै आँचलले आफु गर्भवती नभएको यसरी पारिन् प्रष्ट

गर्भवती हुने सुरसार नै छैन भन्दै आँचलले आफु गर्भवती नभएको यसरी पारिन् प्रष्ट


  • 7.4K
    Shares

    गर्भवती हुने सुरसार नै छैन भन्दै आँचलले आफु गर्भवती नभएको यसरी पारिन् प्रष्ट
    images

    आँचल शर्मा बोलेर पनि समाचारमा आउँछन् र नबोलेर पनि । केही दिन विपश्यना गएर ज्ञानी भएको दाबी गरेपछि आँचल ट्रोलरको निशानामा परेकी थिइन् । एउटा युट्युब अन्तर्वार्तामा उनले पहिला गरेका सारा गल्ती आफ्नै कमजोरी कारण भएको अभिव्यक्ति दिएपछि आँचलको यो बोली ट्रोलरलाई प्रिय लागेको थियो ।

    तर, यो खबरसँगसँगै केही मिडियामा आँचल गर्भवती भएको समाचार पनि फैलियो । समाचार लेख्नेले आँचल पनि प्रियंका कार्की र ऋचा शर्माकै पदचिन्ह पछ्याउँदै गर्भवती बनेको दाबी गरेका थिए । तर, आँचलले शनिबार राति फेसबुकमा स्ट्याटस लेख्दै आफू गर्भवती भएको खबर गलत रहेको स्पष्टिकरण दिएकी छिन् । 


    ‘ मेरो प्रेग्नेन्सीलाई लिएर थुप्रै समाचार आएका रहेछन् जुन खबर सुनेर म चकित छु । नक्कली खबरले ध्यान त खिच्छ तर यसले अन्ततः उपेक्षा र अविश्वसनीयता सिर्जना गर्छ । कम्तिमा म मेरा शुभचिन्तकलाई भन्न चाहान्छु, यस्तो खबर सुन्न अझै केही वर्ष कुर्नुपर्ने हुन्छ । जब यस्तो केही खबर हुन्छ, सबैभन्दा पहिला म आफैं सेयर गर्छु । त्यसैले फेक समाचारबाट टाढै रहनुहोला,’ उनले लेखेकी छिन् ।

    आँचलले अघिल्लो साल मात्र चितवनको उदिप श्रेष्ठसँग प्रेम विवाह गरेकी थिइन् । 

    प्रकाशित मिति :आषाढ २७ २०७८ आइतवार - १२:१८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij