Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

२८ किलो लागुऔषध चरेससहित २ जना पक्राउ

२८ किलो लागुऔषध चरेससहित २ जना पक्राउ


  • 4.3K
    Shares

    २८ किलो  लागुऔषध  चरेससहित २ जना पक्राउ
    images

    रुपन्देही । साढे २८ किलो लागुऔषध चरेससहित बुटवलबाट २ जना व्‍यक्ति पक्राउ परेका छन् । बाग्लुङ बढिगाउँ गाउँपालिका ८ बस्ने ३६ वर्षीय रोहित राना र सोही ठाउँका ६३ वर्षीय जीवन पुन यसरी पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

    बुटवल उपमहानगरपालिका ११ देविनगरस्थित नमस्ते पथ केएफसी पिज्जा हबमा शुक्रबार साँझ चरेसको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समूह टोलीले २८.५ किलो लागूऔषध चरेससहित उनीहरूलाई पक्राउ गरेको कार्यालयले जनाएको छ । लु २५ प ६५४४ नम्बरको स्कुटर नियन्त्रणमा लिएको र पक्राउ परेकामाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    यसैगरी दाङमा प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ बस्ने २९ वर्षीय राकेश बस्नेत र सोही ठाउँका २७ वर्षीय अंकित रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ २६ २०७८ शनिवार - १३:४२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij