Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

सर्पको टोकाइबाट बालिकाको मृत्यु

सर्पको टोकाइबाट बालिकाको मृत्यु


  • 4.4K
    Shares

    सर्पको टोकाइबाट बालिकाको मृत्यु
    images

    नवलपरासी । गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिलकाको ज्यान गएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो ।

    राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
    परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बिहान ५ बजेको समयमा अस्पताल पु¥याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको बताए ।

    भुजेल गाउँमा केही दिन अगाडि मात्रै सर्पको डसाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाएका थिए । -रासस

    प्रकाशित मिति :आषाढ २६ २०७८ शनिवार - १३:०१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij