२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २ सय ७१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ ।
आज देशभर १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आजको समेत नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ६ सय ७४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij