Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

गाउँपालिका अध्यक्ष र उपाध्यक्षले कसे लगनगाँठो

गाउँपालिका अध्यक्ष र उपाध्यक्षले कसे लगनगाँठो


  • 7.1K
    Shares

    • images
    गाउँपालिका अध्यक्ष र उपाध्यक्षले कसे लगनगाँठो
    images

    पोखरा । पार्टी एउटै तर फरक जिल्लाका गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह भएको छ । 

    कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा १, टुँसे निवासी अध्यक्ष कर्णबहादुर गुरुङ र हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा ४, जोमसोम निवासी उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार पोखराको हेम्जास्थित याम्दी गुम्बामा सामाजिक परम्परा अनुसार विवाह भएको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर ४७ र उपाध्यक्ष शर्मिला ४६ वर्षका छन् । 

    आपसी प्रेमसम्बन्ध नभए पनि उनीहरुबीच चिनजान धेरै वर्षअघिको हो । विगतमा अन्नपूर्ण सरक्षण क्षेत्र व्यवस्थापन समितिमा लामो समय काम गर्दै आएका थिए । 

    विवाहपछि अध्यक्ष कर्णबहादुरले भने, ‘दुवै अन्तरजिल्लाका जनप्रतिनिधि भएको र पार्टी पनि मिलेकोले विवाह गरेका हौं । आखिर विवाह एक उत्सव हो ।’ २०४६ सालको जनआन्दोलनपछि सँगै विद्यार्थी राजनीति सुरु गरेका उनीहरु दुवै पूर्व एमाले हुन् । घरपझोङ उपाध्यक्ष गुरुङ पूर्व शिक्षिका हुन् । 

    विवाह समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, प्रदेशका अर्थमन्त्री किरण गुरुङ, पूर्व स्वास्थ्य मन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारी, पोखरा महानगर प्रमुख मानबहादुर जिसी, उपाध्यक्ष मञ्जुदेवी गुरुङ लगायत सरिक थिए ।

    प्रकाशित मिति :मंसिर २६ २०७७ शुक्रवार - १४:३९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij