Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एसईईको आन्तरिक मूल्यांकनको नतिजा साउनभित्र प्रकाशित गर्ने बोर्डको तयारी

एसईईको आन्तरिक मूल्यांकनको नतिजा साउनभित्र प्रकाशित गर्ने बोर्डको तयारी


  • 5.2K
    Shares

    एसईईको आन्तरिक मूल्यांकनको नतिजा साउनभित्र प्रकाशित गर्ने बोर्डको तयारी

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को आन्तरिक मूल्यांकनको नतिजा साउनभित्र प्रकाशित गर्ने तयारी थालेको छ ।

    साउनभित्रमा नतिजा प्रकाशित गर्ने लक्ष्य लिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पाध्यापक चन्द्रमणी पौडेलले जानकारी दिए ।“शुक्रवार नेपाल सरकारलाई हामीले पत्राचार गरेका छौं । सरकारको निर्णयसँगै अगाडि बढ्छौं ।” उनले भने ।

    “विद्यालयहरुले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा आन्तरिक मूल्यांकन गरेको नम्बर पठाएका छन्,ती नम्बर यो महिनाको मसान्तसम्ममा बोर्डमा आएपछि नतिजा प्रकाशित हुने हो । हामी नतिजा साउनभित्र प्रकाशित गर्ने तयारीमा लागेका छौं ।” पौडेलले भने ।

    प्रकाशित मिति :आषाढ २० २०७८ आइतवार - १६:१५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij