Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा : हाइड्रोको सेयरमा मध्यस्थता गरेको संवाद सार्वजनिक

प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा : हाइड्रोको सेयरमा मध्यस्थता गरेको संवाद सार्वजनिक


  • 16.3K
    Shares

    प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा : हाइड्रोको सेयरमा मध्यस्थता गरेको संवाद सार्वजनिक

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ ।

    लामाको कोरोना संक्रमणबाट शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार बिहान निधन भएको हो ।  ६९ वर्षका लामा कोरोना भाइरस संक्रमणका कारण १६ दिनदेखि अस्पतालमा उपचाररत थिए । लामाका दुई श्रीमती, एक छोरा र चार छोरी छन् । 

    ०४८ को आमनिर्वाचनमा उनी जनमोर्चा नेपालबाट काभ्रेको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । उनी ०६३ मा पुनर्स्थापित व्यवस्थापिका–संसद्को सदस्यसमेत थिए । त्यसपछि उनी दक्षिण कोरियाका राजदूत बनेका थिए । 

    लामाको निधनसँगै एउटा विवादित लेनदेनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम मुछिएको छ । पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । 

    भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ । तर, श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन । श्रेष्ठले दुवै (लामापत्नी र कर्माचार्य)लाई परिवारकै सदस्यजस्तै भएकाले मिल्न सुझाब दिएका छन् । 

    प्रवक्ता श्रेष्ठले आफूले विवाद मिलाउन खोजेको र अहिले चरित्र हत्या गर्ने गरी प्रचार भएको बताए ।

    ‘कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही अपात्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ । मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु । कमानसिंहको मृत्युमा सबैभन्दा दुखी हुनेमध्ये म पनि एकजना हुँ,’ उनले भने । प्रवक्ता श्रेष्ठले लामाको निधनको दु:खद खबरबाट आफू मर्माहत भएको उल्लेख गरेका छन् । 

    प्रकाशित मिति :मंसिर २६ २०७७ शुक्रवार - ११:४१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij