२०८२ भाद्र ५ गते बिहिवार
प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज विपक्षीका तर्फबाट बहस जारी छ । निवर्तमान महान्यायाधिवक्ता अग्नि खरेलले आज बहस गरिरहेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कुन सांसदले कसलाई भोट हाल्छ भन्ने हेर्ने काम राष्ट्रपतिको हो र? भन्ने प्रश्न गरेका छन्।
प्रतिनिधि सभा विघटन मुद्दामा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बिहीबार सुनुवाइका क्रममा उनले प्रधानमन्त्रीका कानुन व्यवसायी अग्नि खरेललाई उक्त प्रश्न गरेका हुन्।
'राष्ट्रपतिकाे काम कर्तव्यको दायित्वभित्र कुन सदस्यले भाेलि कसलाई भोट हाल्छ कि हाल्दैन भनेर हेर्ने हो र?', राणाले सोधे।
बहसका क्रममा पूर्वमहान्यायाधिवक्ता समेत रहेका खरेलले ह्वीप लगाएपछि एमाले सांसदले शेरबहादुर देउवाका पक्षमा मत दिन नसक्ने बताए। 'ह्वीप लाग्ने अनिवार्य भएकाले राष्ट्रपतिले शेरबहादुर देउवाकाे दाबी अस्वीकार गर्नुभयाे', खरेलले भने।
त्यसपछि प्रधानन्यायाधीश राणाले फेरि सोधे, 'ह्वीप लगाउनु अनिवार्य हाे र? एमालेले नलगाएकाे परिस्थितिमन के हाेला?' राणाले उपधारा ५ मा दलको र स्वतन्त्र समर्थन गरेर सरकार बन्न सक्ने भन्ने कुरा आएको छ यसलाई प्रष्ट पार्नुहोस् ? भन्दै अर्को प्रश्न गरेका थिए ।
“उपस्थितिलाई कसरी हेर्ने भन्ने कुरा पनि आएको छ । देउवाको हकमा हेर्दा माओवादी र कांग्रेसको समर्थन पनि छ अरु दलको पनि कसरी गल्ती भयो ?,” उनको तेस्रो प्रश्न थियो ।
खरेलले राष्ट्रपतिका नाममा परमादेश जारी हुन नसक्ने दाबी गरेका छन्। उनले रिट निवेदकको माग बमोजिम राष्ट्रपतिका नाममा परामदेश जारी गर्न नमिल्ने बताएका हुन्।
'राष्ट्रपतिलाई परमादेश जारी हुन सक्दैन। विपक्षी पनि बनाएकाे छैन। त्यसैले रिट अनुसार आदेश जारी हुन सक्दैन', उनले भने।
त्यसपछि प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले अदालतले परामदेश जारी गर्यो भने के हुन्छ भनेर प्रश्न गरे। 'अदालतले परमादेश गर्यो भने राष्ट्रपतिले मान्नु भएन भने के हुन्छ भन्न खाेज्नु भएकाे हाे?', राणाले सोधे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij