Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मनकामना स्मार्ट लघुवित्तको ३ लाख ८९ कित्ता आईपीओ सार्वजनिक हुँदै

मनकामना स्मार्ट लघुवित्तको ३ लाख ८९ कित्ता आईपीओ सार्वजनिक हुँदै


  • 6.1K
    Shares

    मनकामना स्मार्ट लघुवित्तको ३ लाख ८९ कित्ता आईपीओ सार्वजनिक हुँदै

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गतेदेखि ३ लाख ८९ हजार कित्ता बराबरको आइपिओ सार्वजनिक गर्दै छ ।  कम्पनीले कर्मचारी, म्युचुअल फन्ड र सर्वसाधारणका लागि गरी एक सय रुपैयाँका दरले कुल ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । 

    जसमध्ये, ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको कम्पनीले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको हो ।

    सोही ६३ हजार ४९२ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछन् । आवेदन भने असार १७ गते देखि असार २१ गतेसम्मलाई खुल्ला गरिनेछ । यद्यपि, सो अवधिमा माग अनुसारको आवेदन नपरेको खण्डमा असार ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

    लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् भने कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

    प्रकाशित मिति :आषाढ १६ २०७८ बुधवार - १३:०३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij