२०८२ भाद्र १ गते आइतवार
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको आन्दोलनलाई मध्यनजर गर्दै स्थानीयस्तरमा आन्दोलन परिचालन समिति गठन गरिएको छ ।
नेपाल शिक्षक महासंघको १३ गते राति भएको भर्चुअल बैठकले विद्यालय कर्मचारी तथा बालशिक्षकहरुको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नका लागि आन्दोलन परिचालन समिति गठन गरिएको हो । गठित समितिको संयोजकमा महासंघ शिवसताक्षीका उपाध्यक्ष लालमणी सुवेदी रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा महासंघबाट गणेश चम्लागाई र कमला बस्नेत रहेका छन् । त्यसैगरी घटक संस्थाका अध्यक्षहरु उक्त समितिको सदस्यमा रहेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका शिवसताक्षी अध्यक्ष रमेशकुमार दाहाल, नेपाल शिक्षक संघका अध्यक्ष विष्णुबहादुर सुब्बा, एकिकृत अखिल नेपाल शिक्षक संगठनका विष्णु भट्टराई, नेपाल विद्यालय कर्मचारी परिषद्का नगर अध्यक्ष मदनकुमार राई रहेका छन् ।
सोहि बैठकले महासंघ राष्ट्रिय समितिमा आवद्ध शिक्षकका प्रमुख घटकहरु यस विषम परिस्थितिमा, शिक्षकहरु राज्यद्वारा विभेदको शिकार बनाईएको र प्रताडीत पारिएको अवस्थामा समेत एक हुन नसक्नुले नेपाल शिक्षक महासंघ प्रतिको आशा, विश्वास र भरोसा क्षीण हुदैँ गइरहेको सन्दर्भमा महासंघको विरुद्धमा महासंघ नै लाग्नुपर्ने परिस्थिति सिर्जना भएकोले यी सवालहरुमा निकट भविष्यमा नेपाल शिक्षक महासंघ राष्ट्रिय कार्य समितिको यस स्थानीय समितिद्वारा ध्यानाकर्षण गराउने निर्णय भएको कुरा महासंघ सचिव गोबिन्द काफ्लेले जानकारी दिए ।
त्यसैगरी महासंघ राष्ट्रिय समितिले घोषणा गरेका आन्दोलनका कार्यक्रमलाई सक्रियतापूर्वक अघि बढाउने निर्णय समेत गरेका छन् । महासंघका नगरअध्यक्ष बेनुप्रसाद कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा घटक संस्थाका प्रमुखहरु साथै महासंघ जिल्ला सह–अध्यक्ष छबिलाल दवाडीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सचिव गोबिन्द काफ्लेले गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij