Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

कोरोना बाट थप ३० जनाको मृत्यु, चार हजार ९१४ निको,आज २,०१६ संक्रमित थपिए

कोरोना बाट थप ३० जनाको मृत्यु, चार हजार ९१४ निको,आज २,०१६ संक्रमित थपिए


  • 6.0K
    Shares

    कोरोना बाट थप ३० जनाको मृत्यु, चार हजार ९१४ निको,आज २,०१६ संक्रमित थपिए
    images

    काठमाडौं । नेपालमा थप दुई हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा नौ हजार ८१० स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार १६ जनाको नतिजा पोजिटिभ आएको हो । चार हजार ७०४ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १७४ र चार हजार ८०६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८४२ जनामा संक्रमण देखिएको हो ।


    पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ हजार ९७५ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभर चार हजार ९१४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ८१ हजार ३२७ पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

    प्रकाशित मिति :आषाढ १२ २०७८ शनिवार - १७:१६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij