Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

शिक्षक हत्याको विरोधमा आज मोरङका सबै विद्यालय बन्द

शिक्षक हत्याको विरोधमा आज मोरङका सबै विद्यालय बन्द


  • 7.0K
    Shares

    • images
    शिक्षक हत्याको विरोधमा आज मोरङका सबै विद्यालय बन्द
    images

    विराटनगर । मोरङका सबै विद्यालय बिहीबार (आज) बन्द भएका छन् । मिक्लाजुङ–१ बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठ हत्याको विरोधमा आज सम्पूर्ण विद्यालय बन्द भएका हुन् । 

    नेपाल शिक्षक महासंघले बुधबार विज्ञप्ति प्रकाशित गरी परीक्षाका कार्यक्रमलाई बाधा नपुग्नेगरी विद्यालय बन्दको आह्वान गरिएको महासंघ मोरङका अध्यक्ष दामोदर सिग्देलले बताए । 

    उनले विद्यालयमा निर्भिकतापूर्वक पठनपाठन गराउने वातावरण सिर्जना गर्न, शान्ति सुरक्षाको प्रत्याभूति अविलम्व कायम गर्न र भयरहित वातावरण सिर्जनाको माग गर्न एक दिन विद्यालय बन्दको आह्वान गरिएको बताए।

    यसैबीच नेपाल राहत शिक्षक समिति मोरङले दोषीलाई कडा कारवाहीको माग गरेको छ । प्रधानाध्यापक श्रेष्ठको मंसिर २३ गते बिहान नेत्रविक्रम चन्द‘विप्लव’ समूहले घरबाट अपहरण गरी धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको थियो । 

    प्रकाशित मिति :मंसिर २५ २०७७ बिहिवार - ११:४१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij