Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

मसला कुट्ने खल प्रहार गरी छोराले गरे बुबाको हत्या

मसला कुट्ने खल प्रहार गरी छोराले गरे बुबाको हत्या


  • 6.5K
    Shares

    मसला कुट्ने खल प्रहार गरी छोराले  गरे  बुबाको हत्या
    images

    धनुषा । धनुषामा घरायसी विवादमा आफ्नै छोराले बुबाको हत्या गरेका छन् । धनुषाको धनुषाधाम नगरपालिका–१ काशिपुर बस्ने ७० वर्षीय विशो यादवको उनकै कान्छो छोरा ३५ वर्षीय श्रीकृष्ण यादवले हत्या गरेको प्रहरीले जनाएको छ ।

    घरायसी विवादमा छोरा श्रीकृष्णले बुबालाई मसला कुट्ने खलले प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।

    उनका अनुसार राति भजनकीर्तनबाट आएका विशो दलानमा सुतेका थिए । बिहान ७ बजे उनको हत्या भएको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    घटनामा संलग्न छोरा श्रीकृष्णलाई प्रहरीले बिहानै घरबाट पक्राउ गरेको छ । मृतकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल लगिएको र छोरा श्रीकृष्णलाई हिरासतमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक ठाकुरले बताए ।

    स्थानीयका अनुसार मृतक विशोका तीन छोरा छन् । बुबासँग कृष्णको अंशसम्बन्धी विवाद हुने गरेको थियो ।

    प्रकाशित मिति :आषाढ ११ २०७८ शुक्रवार - १३:४०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij