Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

१८ करोड राजश्व चुहावटको आरोपमा दुई भारतीय नागरिकविरुद्ध मुद्दा दायर

१८ करोड राजश्व चुहावटको आरोपमा दुई भारतीय नागरिकविरुद्ध मुद्दा दायर


  • 4.2K
    Shares

    १८ करोड राजश्व चुहावटको आरोपमा दुई भारतीय नागरिकविरुद्ध मुद्दा दायर
    images

    काठमाडौँ । १८ करोड आरोपमा राजश्व चुहावटको आरोपमा राजस्व अनुसन्धान विभागले दुई जना भारतीय नागरिकविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको छ ।

    विभागका अनुसार सिंहपुर रक्सौल पूर्वी चम्पारण घर भई वीरगञ्ज महानगरपालिका बसोबास गरिरहेका अशोककुमार सिन्हा र निवेदिता सिन्हाविरुद्ध बुधबार उच्चअदालत जनकपुरमा मुद्दा दायर भएको हो भने उनीहरूसँग १८ करोड ६५ लाख २ हजार ७ सय ६ रूपैयाँ बिगो, जरिवानासहित कैद सजाय माग दाबी लिइएको विभागका महानिर्देशक रामप्रसाद आचार्यले कारोबारलाई बताए ।तस्करमा संलग्न उनीहरू बाबुछोरी हुन् ।

    दुवै वीरगञ्ज महानगरपालिका–५ रेशम कोठीस्थित श्री गणेश अपार्टमेन्टमा बसोबास गरिरहेका थिए । उनीहरूले २२ हजार ९५७.४८ ग्राम सुन र १ हजार ७८ ग्रामचाँदीका गरगहना तस्करी गरेको विभागको दाबी छ । गणेश अपार्टमेन्टको फ्लाट नम्बर ३०३ बाट पर्सा प्रहरीले गत कात्तिकमा २३ किलो सुन बरामद गरेको थियो ।

    प्रहरीले सुन बरामद गरेपछि सोही फ्लाटमा बस्ने सिन्हा बाबुछोरी अनुसन्धानमा तानिएका थिए । उनीहरूलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन) २०५२ को दफा ३, सोही ऐनको दफा ४ को खण्ड (क), (९ख) र (झ) बमोजिम मुद्दा दायर गरिएको आचार्यले बताए । पछिल्लो समय सुनचाँदी तस्करमा भारतीय नागरिकहरूको संलग्नता बढी रहेको विभागको भनाइ छ ।

    प्रकाशित मिति :आषाढ ११ २०७८ शुक्रवार - १२:२५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij