Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

नदीमा हामफालेकी महिलाको सकुशल उद्धार

नदीमा हामफालेकी महिलाको सकुशल उद्धार


  • 3.8K
    Shares

    नदीमा हामफालेकी महिलाको सकुशल उद्धार
    images

    बर्दिया । बर्दियामा प्रहरीले भादा नदीमा हामफालेकी एक महिलाको उद्धार गरेको छ । ती महिलाले बर्दियाको गुलरिया नगरपालिका–८ स्थित भादा नदीमा हामफालेकी थिइन् । उनको सकुशल उद्धार गरिएको हो ।

    बिहीबार अपराह्न महिलाले नदीमा हामफालेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय बर्दियाबाट टोली खटिएको थियो । टोलीले बग्दै गरेको अवस्थामा महिलालाई उद्धार गरी बर्दिया अस्पताल पुर्‍याएको थियो ।

    सोधपुछपछि उनी भारतको बहराइच थाना, मोतीपुर ग्राम बलैगाउँ बस्ने ४० वर्षीया जलदैया थारु भएको खुल्यो । त्यसपछि मोतीपुर ग्राम पञ्चायतको गाउँप्रधानसित समन्वय गरी उनलाई उनको श्रीमान् मिश्रिराम थारुको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ११ २०७८ शुक्रवार - ११:४९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij