Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट


  • 6.8K
    Shares

    राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनोट
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप र एएफसी एसियन कपका लागि ५० खेलाडी छनौट गरेका छन् ।

    आगामी ‘जुलाई १’ तारीखबाट सातदोबाटोस्थित ‘एन्फा कम्प्लेक्स’मा शुरू हुने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि अल्मुताइरीले प्रारम्भिक छनोटका लागि ५० खेलाडी बोलाएका हुन् । राष्ट्रिय टोलीले सो बन्द प्रशिक्षणमा ‘साफ च्याम्पियनशिप’ तथा चीनमा हुने ‘एएफसी एसियन कप’ प्रतियोगिताका लागि अभ्यास थाल्नेछ ।

    ‘एन्फा’ले मंगलवार औपचारिक विज्ञप्ति निकाल्दै राष्ट्रिय टोलीको प्रशिक्षण ‘जुलाई १’ तारीखदेखि दुई शिफ्टमा गरिने जानकारी दिएको छ । ५० जना खेलाडीलाई दुई समूहमा बाँडेर बिहान १० बजे र बेलुकी ४ बजे गरी दुई शिफ्टमा अभ्यास गरिने जानकारी एन्फाले दिएको छ ।

    बन्द प्रशिक्षणमा बोलाइएका ५० खेलाडीमा विक्रम लामा, विमल घर्ती मगर, विकास खवास र अजित भण्डारी सम्मिलित छैनन् ।

    बन्द प्रशिक्षणका छनोट भएका खेलाडी :

    गोलकिपर : अर्पण कार्की, विकेश कुथू, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की र किरणकुमार लिम्बू ।

    अन्य खेलाडी : आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनीष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, नीरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पूजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रणदीप पौडेल, रवि पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ ।

    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - १३:१५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij