Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

नेपालमा कोरोनाको नयाँ म्युटेसन भेटियो

नेपालमा कोरोनाको नयाँ म्युटेसन भेटियो


  • 4.2K
    Shares

    नेपालमा कोरोनाको नयाँ म्युटेसन भेटियो
    images

    काठमाडौँ । नेपालमा कोरोनाको नयाँ म्युटेसन भेटिएको छ । यो अझ संक्रामक र सबै उमेरका व्यक्तिलाई असर गर्ने रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    स्वास्थ्य मन्त्रालयका अनुसार, कोरोनाभाइरसको संक्रमण भएका विभिन्न उमेर समूहका ४८ जनाको नमूना परीक्षणका लागि भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्यूट अफ जेनोमिक्स एन्ड इन्टेग्रेटिभ बाइलोजी (आईजीआईबी)’मा पठाएको थियो । त्यहाँ गरिएको जिनोमिक पहिचान गर्दा ४७ नमूनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जनाएका छन् । त्यस्तै, एउटा नमूनामा अल्फा भेरियन्ट पुष्टि भएको छ । 

    डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन ‘के–४१७ म्युटेसन’ भेटिएको जनाइएको छ । यसलाई ‘एवाई–१’ नाम दिइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, यो ‘एवाई–१’ म्युटेसन नेपालसहित १० देशमा भेटिएको छ। यो संक्रामक पनि रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    अहिले नेपालमा नयाँ म्युटेसन ‘एवाई–१’ सहित डेल्टा, अल्फा र कप्पा भेरियन्ट रहेको स्वास्थ्य मन्त्रालय सहप्रवक्ता डा. अधिकारीले बताए । यी सबै भेरियन्ट र म्युटेसन झन् संक्रामक रहेको जनाइएको छ। 

    स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी सचेत रहन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको छ । त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि विनम्र अपील गर्दछौं ।”

    प्रकाशित मिति :आषाढ ७ २०७८ सोमवार - १३:०४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij