Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

सेप्टिक ट्यांकीभित्र निसास्सिएर बेहोस भएका दुई जनाको मृत्यु 

सेप्टिक ट्यांकीभित्र निसास्सिएर बेहोस भएका दुई जनाको मृत्यु 


  • 3.8K
    Shares

    सेप्टिक ट्यांकीभित्र निसास्सिएर बेहोस भएका दुई जनाको मृत्यु 
    images

    संखुवासभा । खाँदबारी नगरपलिका–४ सेकाहामा आइतबार सेप्टिक ट्यांकीमा निसास्सिएर दुई जनाको मृत्यु भएको छ ।

    शौचालयको नयाँ सेप्टिक ट्यांकीको भित्री ढलान खोल्ने क्रममा ट्यांकीभित्र छिरेका खाँदबारी–४ सेकाहाका २५ वर्षीय ईश्वर राई र ३३ वर्षीय तारावीर गुरुङ बेहोस भएका थिए । त्यसपछि उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममै उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले जानकारी दिए ।

    स्थानीय नरेश गुरुङको नयाँ घरको सेप्टिक ट्यांकीभित्रको ढलान खोल्न भनेर पहिले ईश्वर भित्र पसेका थिए । ईश्वर भित्र बेहोस भएको देखेपछि उद्धारका लागि गएका तारावीर पनि बेहोस भएका थिए । स्थानीयबासिन्दाले ट्यांकी फुटाएर दुवै जनालाई बाहिर निकालेका थिए ।

    घटनाबारे स्थलगत रुपमा प्रहरी निरीक्षक कविन राईको टोली पुगेर थप अनुसन्धान गरिरहेको छ । दुवै जनाको शव सोमबार पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ७ २०७८ सोमवार - १२:५३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij