Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

नेपालीको स्वीस बैंकमा २ अर्ब २० करोड, निक्षेप १४%ले घट्यो

नेपालीको स्वीस बैंकमा २ अर्ब २० करोड, निक्षेप १४%ले घट्यो


  • 19.1K
    Shares

    • images
    नेपालीको स्वीस बैंकमा २ अर्ब २० करोड, निक्षेप १४%ले घट्यो

    नेपालीहरुको स्वीस बैंकमा निक्षेप घटेको छ । गतवर्षको तुलनामा १४.१७ प्रतिशतले निक्षेप घटेको हो ।

    स्वीस बैंकका अनुसार नेपालीहरुको सन् २०२० मा निक्षेप १ करोड ७१ लाख ९० हजार स्वीस फ्रैंक छ । यो नेपाली रुपैयाँमा २ अर्ब २० करोड हुनआउँछ ।

    दक्षिण एशियामा स्वीस बैंकमा बढी रकम जम्मा गर्ने नागरिकहरुमा नेपालीहरु छैठौं नम्बरमा पर्छन् । सबैभन्दा बढी भारतका नागरिकले ५० करोड ३९ लाख स्वीस फ्रैंक जम्मा गरेका छन् । पाकिस्तानीले ३८ करोड २९ लाख स्वीस फ्रैंक जम्मा गरेको तथ्यांक छ ।

    दक्षिण एशियामा सबैभन्दा थोरै भुटानी नागरिकको स्वीस बैंकमा रकम जम्मा छ । भुटानीहरुको २४ हजार स्वीस फ्रैंक मात्र रहेको उल्लेख छ ।

    कालो धनको स्वर्गका रुपमा स्वीजरल्यान्डको बैंकहरुलाई चिनिन्छ । त्यहाँ बैंकिङ गोपनीयता भंग गर्नुलाई जघन्य अपराध मानिन्छ । त्यसैले स्वीस बैंकमा कालो धन बढी लुकाउनेहरु देखिएका छन् ।

    तर, पछिल्लो समय स्वीस बैंकमा कालो धनबारे खुलासा हुनथालेपछि दक्षिण एशियाका कतिपय धनाढ्यले रकम अन्य देशका बैंकमा स्थानान्तरण गर्न थालेका छन् । एजेन्सी 

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १५:५८:२९ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij