Logo

२०८३ कार्तिक ९ गते सोमवार

२०८३ कार्तिक ९ गते सोमवार

ससुरालीमा ज्वाइँको हिंसात्मक आक्रमण, श्रीमतीसहित चारजना घाइते

ससुरालीमा ज्वाइँको हिंसात्मक आक्रमण, श्रीमतीसहित चारजना घाइते


  • 274
    Shares

    ससुरालीमा ज्वाइँको हिंसात्मक आक्रमण, श्रीमतीसहित चारजना घाइते
    images

    काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चारजना घाइते भएका छन् ।

    घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया अन्जना राई, ६२ वर्षीया स्यामाउन राई, २५ वर्षीया तेनिना राई र नरेन्द्र राई रहेका छन् ।

    दशैं मान्न ससुराली आएका ४३ वर्षीय नइन्द्रकुमार राईले उनीहरूमाथि आक्रमण गरेको खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।

    बस्नेतका अनुसार घाइते अञ्जना नइन्द्रकुमारका श्रीमती हुन् भने स्यामाउन सासु, नरेन्द्र ससुरा र तेनिना साली हुन् । प्रहरीका अनुसार आक्रमणबाट अन्जना र तेनिनाको अवस्था गम्भीर छ । उनीहरूलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल दुर्छिम पठाइएको छ ।

    हतियार प्रहार गर्ने नइन्द्रकुमारलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक ९ २०८३ सोमवार - १०:१७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij