Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

असोज २३ गतेबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला

असोज २३ गतेबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला


  • 1.2K
    Shares

    असोज २३ गतेबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला
    images

    काठमाडौं । दशैं तथा तिहारका लागि असोज २३ गतेबाट अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको छ ।

    आज यातायात व्यवसायी यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबीच भएको छलफलले सो निर्णय गरेको हो ।

    अग्रीम टिकट बुकिङ खुला भएसँगै चाडपर्वको अवधिभर देशभरका सवारी साधनका लागि रुट परमिट आवश्यक नपर्ने व्यवस्था गरिएको छ। दशैँ नजिकिँदै गर्दा अग्रीम टिकट बुकिङ नखुलेका कारण अन्योलमा रहेका यात्रुलाई यसले राहत दिएको छ ।

    चाडपर्वका बेला काठमाडौं उपत्यकाभित्र र बाहिरिने सडकमा ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका साधनबाहेक अन्य ठूला सवारीसाधनलाई काठमाडौं आवतजावतमा रोक लगाउने निर्णय गरिएको छ ।

    खाद्यान्न, औषधि, इन्धन र दूध जस्ता अत्यावश्यक सामग्री बोकेका गाडीहरूलाई भने यो रोक लागू हुने छैन ।

    प्रकाशित मिति :आश्विन २० २०८३ मंगलवार - १३:२३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij